NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

सखुवान्नकारकट्टीको विवाह पंञ्चमी मेलामा झडप प्रहरीको संलग्नता

सखुवान्नकारकट्टीको विवाह पंञ्चमी मेलामा झडप प्रहरीको संलग्नता

विसुनदेव सरदार
लहान / १२ मंसिर ।

सिराहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ५ ईटहर्वामा श्रीराम जानकी विवाह पंचमी सँगै बैयल गाडा प्रतियोगिता सम्पन्न भएको छ। सो विवाह पंचमी बैल गाडा प्रतियोगितामा प्रतियोगी प्रतियोगी बिच झडप हुँदा १ जनाको टाउको फुट्ने गरि झडप भइएको बताइएको छ।

विवाह पंचमी मेलामा झडप सखुवानन्कारकट्ठी वडा न. ५ मा विवाह पंचमी मेला आयोजितमा बैलगाडी तथा घोडा रेस हुदै आईरहेमा प्रथम, दित्तीय, तृतीयलाई उचित पुरस्कार दिने चलन प्रत्येक वर्ष छ ।
त्यसै क्रममा आज मंसिर १२ गते तेस्रो स्थानमा रहेको बैलगाडीलाई चौथो स्थानका पक्षले तेस्रो स्थान लाई पराजित गर्न विभिन्न बाधा अबरोध गरि अन्तिममा तेस्रो स्थानमा रहेको चालकलाई टाउकोमा लठ्ठीले हानी टाउको फुटाई घाइते बनाएका छन । मुकेश यादवका अनुसार
घाइतेको नाम ईन्द्र देव यादव घर मल्हनियाँ सप्तरी बलानबिहुल गाउँपालिकामा रहेको बताए ।

घाइते बनाउने व्यक्ति महेन्द्र यादव लगायत उनको साथीहरू सप्तरीको बोदेबर्साईन नगरपालिका महनौरी डेबारी
महेन्द्र यादवलाई पिडित पक्षले प्रहरीलाई जिम्मा लगाउदा प्रहरीले नै भगाईदिऐको पडित पक्षको आरोप लगाएका छन

इलाका प्रहरी कार्यालय महेशवारीका (स.ई) सव इन्सपेक्टर ललन कुमार यादव केही दिनदेखि गाउँलेहरुलाई निकै परेशान दु:ख दिने गरेको देखिन्छ । जिम्मा दिइएका व्यक्तिलाई आखिर किन भगाए प्रहरीले ललन कुमार यादवले ? या त “उनको झडपमा संलग्नता ” या त “उनले” मोटो रकम लिएर भगाएको होला भन्ने प्रश्न उठ्छ। यस्तो यस्तो घुसियाहा नेपाल प्रहरीका ललन कुमार यादवलाई
कानुनी बमोजिम कार्वाही उचित देखिएको छ।
झडपमा भएका घाइते इन्द्रदेव यादवलाई उपचारका लागि लहान पठाइको एक स्थानीयले घटनाबारे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0