NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

सप्तरीको भारदहमा बस पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

सप्तरीको भारदहमा  बस पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

राजविराज — पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह–कोसी ब्यारेज खण्डमा बिहीबार बिहान १० बजे यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
विराटनगरबाट भिमानतर्फ गइरहेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह–कोसी ब्यारेज खण्डमा सडकभन्दा तल पल्टेको थियो ।
बस पल्टिँदा स्थानीय र सुरक्षाकर्मीहरुले घाइते यात्रुहरुलाई उद्धार गरेपनि एक जना ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।बसमा सवारमध्ये ११ जना घाइते भएका छन् । उनीहरुको भारदह अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0