NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

सप्तरीको सदरमुकामबाट माेटरसाइकल चाेरी

सप्तरीको सदरमुकामबाट माेटरसाइकल चाेरी

चन्दन रजक ३०भदौ । राजबिराज नगरपालिका वडा नं ७ स्थित अपाची मोटरसाइकल सोरुम नजिकैको एक सहकारी तल राखेको माेटरसाइकल चाेरी भएकाे छ ।

बुधबार बेलुकी करिव साढे ३ बजे एक सहकारी बाहिर पार्किङ गरेर राखेको स ९ प ९६०८ नम्बरको कालो  रङ्को १५० सिसिको यसजेत आर मोटरसाइकल चाेरी भएकाे सवारी धनी रेमत मण्डलले बताए ।

सवारीधनी मण्डल जनमत पार्टीमा कृयाशिल सदस्य हुन्। राजबिराज जनमत पार्टीमा कार्यरत मण्डल पार्टीकाे कामले बेलुका करिब साढे ३ बजे छिन्नमस्ता अस्पताल स्थित कार्यालयबाट निस्किएर  राजबिराजमा एक सहकारीमा गएका थिए ।

‘साढे ३ बजेतिर पार्टीकाे कामले सहकारीमा गएकाे थिएँ’ उनले भने सधै कर्मचारीहरु राख्ने ठाउँमै मैले पनि बाइक राखेकाे हाे। सहकारी बाट तल आउँदा बाइक छैन ।

पार्किङमा राखेकाे बाइक नभेटेपछि उनले बुधबार बेलुकानै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए । दिनभर खाेजी गर्दा समेत नभेटिएकाे उनले बताए । साथै उनले कहीँ कतै कसैले भेटेमा वा देखेमा नजिकैको प्रहरी कार्यालय अथवा आफ्नाे माेबाइल नम्बर 980-7786685 मा खबर गरिदिन अनुरोध समेत गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले खोजीकार्य भइरहेकहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0