NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

सप्तरीबाट लागूऔषध सहित दुई जना युवक प्रहरीको नियन्त्रणमा

सप्तरीबाट लागूऔषध सहित दुई जना युवक प्रहरीको नियन्त्रणमा

 

पुस २३ ।

नविन यादव / सप्तरी : सप्तरीबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ साइकलमा सवार हुदै आइरहेको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ बर्षीय तेजनारायण यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० बर्षीय परमान्द महतोलाई लागूऔषधसहित सप्तरी प्रहरीले राजगढ गाउँपालिका- ६ बनैनियाँबाट दुई जना युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताउनु भएको छ।

काफ्लेका अनुसार एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको छ । लागू औषधसहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0