राजविराज । सप्तरी प्रहरीले ८ सय १० किलो तयारी अवस्थाको लागूऔषध गाँजा बारामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा सार्वजनकि गरेको छ । खाल्टो खनि बालुवामा गाडिएको अवस्थमा ठूलो परिमाणमा लागूऔषध गाँजा प्रहरीले बरामद गरेको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए ।
तीन ठाउँमा गरि गाडिएको गाँजा बरामद भएको हो । एक ठाउँमा १२ बोरा, दोस्रो ठाउँमा ९ बोरा र तेस्रो ठाउँमा ६ बोरा गरी २७ बोरा गाँजा बरामद भएको हो । एक बोरामा ३० किलो बराबरको गाँजा प्लाटिकमा प्याक गरी राखिएको थियो ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोशी ब्यारेजको गोल घर देखि ५ सय मिटर उत्तर पूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँमा बालुवामा खाल्टो खनि पुरी गाँजा राखिएको अवस्थमा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी काफ्लेले बताए ।
सप्तरी मा ८ सय १० किलो गाजा बारामद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1