NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

सबै जातजातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्ने-प्रधानमन्त्री शेरबहादुर देउवा

सबै जातजातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्ने-प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सबै जातजातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । उनले त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले विगतदेखि काम गर्दै आएको भन्दै भाषा साहित्य संरक्षणको कार्यलाई थप अघि बढाउन आग्रह गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव समारोह तथा राष्ट्रिय कविता महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले प्रतिष्ठानका लागि आर्थिक अभाव हुन नदिने बताए ।
प्रज्ञा प्रतिष्ठानले मुलुकको ज्ञान-विज्ञान, साहित्य‚ कला र भाषा संस्कृतिको विकासका लागि विगतदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ; यसले स्वदेशभित्र मात्रै होइन, हाम्रो भाषा साहित्यलाई विदेशमा समेत चिनाउन अग्रणाी भूमिका निभाएको छ, प्रतिष्ठानलाई कुनै आर्थिक संकट हुनु हुन्न उहाले भन्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0