NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

समग्र चितवन र देश विकासका लागि आफ्नो उम्मेदवारी :जसपा युवा नेता अजय ठाकुर निराला

समग्र चितवन र देश विकासका लागि आफ्नो उम्मेदवारी :जसपा युवा नेता अजय ठाकुर निराला

जसपाबाट प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नं.१मा उम्मेदवारी दिएका अजय ठाकुर निराला ले समग्र चितवन र देश विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसंग कुरागर्दै जसपा बागमती सचिव समेत रहेका निरालाले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफू चितवन आएको बताए । उनले चितवन धेरै संभावना ठाउँ भएको र अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले जितेमा यस क्षेत्रको परिवर्तन गर्नेमा विश्वास दिलाए । चितवन धेरै संभावना बोकेका ठाउँ हो, यहाँको समृद्धिका लागि धेरै काम गर्न बाँकी छ, शिक्षा, स्वास्थ्य, रोजगार, शहरमा ढल व्यवस्थापनको काम गर्नुछ, तेस्रो पर्यटकीय गन्तव्य रहेको चितवनमा पर्यटनको उजागर र विकास गर्ने प्रतिवद्धता छ’–निरालाले भने ।
उनले निर्वाचन पश्चात पुनः जसपाको सरकार बनाएर देशलाई आमूल परिवर्तन गर्ने गरि आफू निर्वाचनमा होमिएको बताए । उनले आफूले काम गर्न सक्छु भनेर देखाइ सकेको भन्दै चितवन क्षेत्र नं.१ मा काम गर्ने अभिप्रायले नै उम्मेदवारी दिएको दावी गरे । ‘जनताले पुरा विश्वासका साथ हामीलाई जिताएर पठाउनहुनेछ र समग्र चितवनको विकासका लागि काम गर्ने अठोट व्यक्त गछु’–निरालाठले भने ।

निरालाले जनतामा नयाँ सोँच आउनुको साथै परिवर्तन खोजेकाले आफ्नो जित सुनिश्चित रहेको दावी गरे । ‘जनताले परिवर्तन खोजेका छन्, जितेर मात्र केही हुँदैन, योग्य र गर्न सक्ने उम्मेदवारलाई जनताले छनोट गर्नेछन्’–उनले भने ।भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0