NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

समानुपातिक प्रणालीमा एकै व्यक्ति दुई पटकभन्दा बढी समय सांसद हुन नपाउने : निर्वाचन आयोग

समानुपातिक प्रणालीमा एकै व्यक्ति दुई पटकभन्दा बढी समय सांसद हुन नपाउने : निर्वाचन आयोग

काठमाण्डौ ।
निर्वाचन आयोगले समानुपातिक प्रणालीमा एकै व्यक्ति दुई पटकभन्दा बढी समय सांसद हुन नपाउने गरी कानून बनाउन प्रस्ताव गरेको छ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावली संकलनदेखि उम्मेदवारको योग्यतालगायत विषयमा नयाँ प्रावधानहरू प्रस्ताव गरिएको जानकारी दिएका छन्।

मन्त्रिपरिषदले २०७८ पुस १४ गते सैद्धान्तिक सहमति दिएपछि तयार गरिएको विधेयक तर्जुमा गर्ने क्रममा निर्वाचन सरोकारवालाहरूसँग सातवटै प्रदेश तथा केन्द्रमा छलफल एवम् अन्तरक्रिया गरी सुझाव संकलन गरिएको आयोगले जनाएको छ।

आयोगले विभिन्न चरणमा निर्वाचन कानूनका विज्ञ तथा सरोकारवालाहरूको सुझाव समेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरी निर्वाचनसँग सम्बन्धित विद्यमान ७ (सात) वटा ऐनका प्रावधानहरू समेटी एकीकृत रूपमा विधेयक तयार पारेको छ।

आयोगले विधेयकमा गरेका नयाँ व्यवस्थाहरू यस्ता छन्:

१.मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य निर्वाचन कार्यालय वा सम्बन्धित स्थानीय तह मार्फत विद्युतीय माध्यमबाट नियमित रूपमा गर्ने।

२.कुनैपनि नेपाली नागरिकले आफू स्थायी बसोबास गरेको वडाको मतदाता नामावलीमा नाम दर्ता हुने गरी कुनै पनि निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सक्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0