NSW News

२ श्रावण २०८१, बुधबार
ENGLISH

सर्लाहीमा आफ्नै काकाले गरे १० वर्षे बालककाे हत्या

सर्लाहीमा आफ्नै काकाले गरे १० वर्षे बालककाे हत्या

सर्लाही :
र्लाहीको मलंगवामा गत आइतबार अ प ह रि त बालकका पिताले अ प ह र ण का री को माग बमोजिम पैसा तिर्न विदेशबाट फर्केर आउँदा पनि आफ्नो बालक छोरालाई नपाएको देखिएको छ।

मलंगवा नगरपालिका १२ गम्हरिया गाउँका दीपेन्द्र ठाकुरले विदेशमा नै आफ्नो छोरा अ प ह र ण मा परेको र १५ लाख रुपैयाँ फिरौती माग गरिएकोमा पैसाको व्यवस्था गरेर फि’रौती दिन खोज्दा पनि छोरा नपाएको देखिएको छ। गत आइतबार साँझ ठाकुरका १० वर्षका छोरा आकाश ठाकुर घरबाट हराएका थिए।

घरबाट ह’राएको र सोही दिन नै ठाकुरले छोरोको अ प ह र ण भएको तथा अ प ह र ण का री ले १५ लाख रुपैया फिरौती मागेको थाहा पाएका थिए। छोरो अ प ह र ण मा परेको खबर थाहा पाउनासाथै चिन्तित बनेका ठाकुर महँगोमा टिकट किनेर पैसाको व्यवस्था गरी सोमबार साँझ उडेका थिए।

मंगलबार साँझ घर आइपुगेका ठाकुर अ प ह र ण का री लाई पैसा दिने सूत्रको खोजी पनि गरेका थिए। साथै बुधबार बिहान प्रहरीलाई भेटेर बालक छोराको खोजीका लागि थप आग्रह गरेका थिए। बुधबार साँझ मलंगवामा गो ली चल्यो। गो ली लागेर एक भारतीय नागरिकको मृ’त्यु भयो।

बालक अ प ह र ण को अनुसन्धान गरिरहेको प्रहरी बालकको अ प ह र ण गर्ने मानिसलाई करिब पत्ता लगाइसकेका थिए। अपहरण गर्ने मानिसलाई पक्राउ गर्न तयार भएको अवस्थामा गो ली कान्डमा प्रहरी परिचालित हुनु परेपछि केही घन्टा विलम्ब हुन पुग्यो।

अ प ह रि त बालकका पिता दीपेन्द्र ठाकुरलाई पठाइएको म्यासेजको हिस्ट्री खोज्दै र खोतल्दै जाँदा बालकको अपहरणकारीको पहिचान करिब खुलिसकेको थियो। नक्कली फेसबुक आइडी बनाएर अपहरण भएको र फि’रौतीको लागि १५ लाख रुपैयाँ माग गरिएको थियो।

भारतीय नागरिकलाई गोली मारी हत्या गरिएको घटनालाई राति करिब एघार बजेसम्म तत्कालको लागि गर्नुपर्ने काम गरेर प्रहरी राति नै बालकको अपहरण गर्ने मानिसलाई पक्राउ गर्न परिचालित भयो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलको निर्देशनमा

प्रहरी निरीक्षक जटाशंकर राय यादवको क’मान्डमा प्रहरीको टोली परिचालित भई प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकाको घेरामा परेका कृष्ण शर्मालाई नियन्त्रणमा लियो। कृष्ण शर्मा अपहरित बालकका काका हुन्। कुनै दुश्मनी नरहे पनि पुरानो क’लधाराको विषयलाई लिएर सामान्य विवाद भने भएको थियो।

सोही वि’वादलाई लिएर अपहरणर हत्या आफन्तले नै गरेको अनुसन्धानबाट देखिएको छ। प्रहरीले शर्मालाई नियन्त्रणमा लिएपछि घटनाबारे पूरा जानकारी प्राप्त भयो। बालक अपहरणमा भएको दिन आइतवार राति दश बजेतिर आँ’धी हुरी र पानी आउने सम्भावना थियो।

बालकलाई अपहरण गरेको केही घन्टामा सोही दिन नै ह त्या गरी कृष्ण शर्माका दाजु कमलेश ठाकुरले गरेको बुझिएको छ। हत्या गरेर ठाकुर सोही दिन राति नै फरार भएका थिए। कमलेश ठाकुरले बालकको ह त्या गरी फ’रार भएपछि आफू, आफ्नी श्रीमती र

घरका अन्य सदस्यहरु मिलेर बालकको श’वलाई प्ला’स्टिकको बोरामा हा’लेर सेफ्टी ट्यांकीमा हा’लेको शर्माले प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ। घटनामा संलग्न रहेका एकै परिवारका ६० वर्षीय जगदीश ठाकुर, कृष्ण ठाकुर, कृष्ण ठाकुरकी श्रीमती निरुता शर्मा,

कमलेश ठाकुर र निजकी श्रीमती संगीता शर्मा, सुनील ठाकुर, नेवा ठाकुर र राजेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। बुधबार रातिदेखि विहीवार बिहानसम्म ह त्या मा संलग्नको पहिचान र घरमा रहेका सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि बालकका पिता छाँगोबाट ख’सेजस्तै भए।

विदेशबाट फर्केर अपहरणमा परेको छोरालाई ल्याउँला भन्ने आशामा रहेका ठाकुरले आफन्तकै से’फ्टी ट्यांकीबाट छोराको श’व प्रहरीले बरामद गरेपछि ठाकुरको मनस्थिति नै बदलिएको छ। ठाकुर एकोहोरो टोलाको टोलायै छन्। ठाकुरकी श्रीमती महासुन्दर देवी अझै पनि बे’होस नै छिन्।

बुधबार रातिदेखि नै अस्पतालमा देवीको उपचार भइरहेको छ। छिमेकी देवकली सिंह भन्छिन्, ‘छिमेकीको विश्वासमा कसरी छोराछोरीलाई छोड्ने? मधेस प्रदेशमा बालबालिका पुरै असुरक्षित छन्।’ आफूसित कसैको कुनै दु’श्मनी नभएको तर आफ्नो छोराले अ’नाहकमा ज्यान गु’माउनु परेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0