लहान / १० असोज ।
सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर – ५ मा बस्ने स्व. रामपति साहको छोराहरु राजेश प्रसाद साह, रमेश साह, उमेश साह गरि ३ भाईको जग्गा कब्जा अतिक्रमण गरिएको बताइएको छ।
मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहकै इसारामा रामललाले रमेश साहको २ बिगहा भन्दा बढी जग्गा अतिक्रमण गरेका छन।
जग्गा कब्जा अतिक्रमण गर्नेमा त्याहीँ सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नम्बर -२ का रामलला भन्ने रामलाल शिंह रहेका छन् ।
यो सँगै धनकाैल गाउँपालिका वडा नं. ०२ मा रहेकाे किता नं. ३७५ क्षेत्रफल ०-१९-४१/२ र किता नं. ३७९ क्षेत्रफल ०-१९-५१/२ काे धान खेत २३ वर्ष अगाडि २०५५ सालमा रामपती साहले उर्मिला मिश्र संग खरिद गरेका थिए ।
२०७७ आश्विन २६ गते रामपती साहको निधन पछि साे जमिन उनका छाेराहरु राजेश प्रशाद साह, रमेस साह र उमेश साह तिनजना दाजुभाइकाे नाममा २०७७ साल माघ १९ गते आयाे ।
धनकाैल गा.पा. ०२ मा रहेकाे उक्त २ओटा खेत रामपती साहकाे मृत्यु पछि २०७८ साल असार देखि साे जमिन आफ्नो निजि भएको भन्दै रामलला शिंहले जबर्जस्ती बालि लगाएर खाईरहेका छन् ।
रामलला शिंहका भतिज बिरेन्द्र प्रसाद शिंह नेपाली काँग्रेस बाट मधेस प्रदेशको महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री रहेकाे र पावरकै भरमा आफ्नो खेतीयोग्य जमिन कब्जा गरि अतिक्रमण गरेको र बिगत ३ वर्ष देखिको खेतको कर चुक्ता गर्न वडा कार्यालय धाईरहदा वडा अध्यक्ष र वडा सचिवले विभिन्न बाहाना बनाएर जमिनकाे कर नबुझ्ने गरेको र रामलला शिंहसंग सम्झौता गरेर आउन दबाब समेत दिने गरेको पिडित रमेश साहले बताएका छन् । र मन्त्रीकै मान्छे हुँदैमा प्रहरी कार्यालयमा उजुरी दिएता पनि कुनै सुनवाइ नदिएको रमेश साहको कथन छ। यस प्रति जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकाय तथा व्यक्तिले छलफल तथा अनुगमन तथा अनुसन्धान गर्नु पर्ने अति आवश्यक रहेको देखिन्छ ।
यता , प्रतिवादी रामलला शिंहसँग साे विषयमा बुझ्दा : उनले आफू प्रतिकाे आराेप झुठो हाे । अरुको खेत त मलाई के थाहा, मेरो आफ्नै जमिन खेतहरु कयौं बिघा अरुले कमाएर खाईरहेकाे छ भनेर खण्डन गरेका छन् ।