मंसिर १३ गते ।
काठमाण्डौं : सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा झडप भएको छ । झडप हुँदा निर्वाचन अधिकृतसहित ५ जना घाइते भएका हुन् ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को बलरा नगरपालिका वाडा नम्बर ८ मा वडाअधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथी आक्रमण भएपछि प्रहरीसँगको झडपको क्रममा ५ जना घाइते भएका हुन् ।
वडा अधिवेशनको क्रममा मतदान अधिकृत झामाथि हातपात भएपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।
झडपमा परेर जनता मावि फुलपरासीका मतदान अधिकृत झासहित ३ जना प्रहरी र एकजना सर्वसाधारण घाइते भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।
निर्वाचन अधिकृत झाको टाउकोमा चोट लागेको छ भने एकजना इन्सपेक्टरको हात भाँचिएको बताइएको छ ।
सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथी हातपात गर्न लाग्दा झडप भएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए ।
यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथी हातपात हुनुका साथै उनका सुरक्षागार्ड रामचन्द्र खंगले हवाइफायर गरेका थिए । फरकधारबाट