NSW News

३ असार २०८१, आईतवार
ENGLISH

सर्वोच्चमा बाहिरबाट आएका युवाहरुले वकिलहरुसँग हानाहान गरे

सर्वोच्चमा बाहिरबाट आएका युवाहरुले वकिलहरुसँग हानाहान गरे

मंसिर ३ गते
काठमाडौं । सर्वोच्चमा झण्डै एक महिनाअघि देखि प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र कानुन व्यावसायीहरुबीच संघर्ष चलिरहेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यावसायीहरु चरणबद्ध आन्दोलनमा रहेका छन् । दोस्रो चरणको आन्दोलनसम्म केही नलागेपछि अहिले कानुन व्यावसायीहरु तेस्रो चरणको आन्दोलनमा छन् ।प्रधानन्यायाधीश जबरालाई पटक-पटक अल्टिमेटम दिँदै आएका कानुन व्यावसायीहरु पछिल्लो समय सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै मूल गेटमा धर्ना दिँदै आएका छन् ।
तर कानुन व्यावसायीहरुको आन्दोलनको प्रवाह प्रधानन्यायाधीशले गर्नु भएकाे छैन । यद्यपि बिहीबारसम्म पनि उनीहरुको आन्दोलन जारी छ ।
यही क्रममा बिहीबार दिउँसो अलिक फरक दृष्य सर्वोच्च प्राङ्गणमा देखियो । वकिलहरुको शान्तिपूर्ण आन्दोलनकाे क्रममा प्रहरी हस्तक्षेप पनि भएको थियो । त्यस लगत्तै केही युवाहरु आए, र आन्दोलनरत बारका वकिलहरुलाई गाली गलौज गरे । ती युवाहरु आएर सर्वोच्चको प्राङ्गणमै प्रवेश गरेर वकिलहरुलाई कालो कोट च्याति दिनेसम्मको धम्की दिए। त्यसपछि ती युवाहरु र वकिलहरुबीच घम्साघम्सी नै चल्यो । करिब १ दर्जन युवाहरु आएका थिए ।
उक्त युवकहरुको टोली र वकिलहरुबीच हानाहानको स्थिति नै बनेको थियो । ती युवाहरु को हुन् भन्ने खुलेको छैन । केही वकिलहरुले ती युवाहरु मदिरा पीएर आएको आरोपसमेत लागएका छन् । वकिलहरु पनि प्रतिकारमा उत्रिएपछि उनीहर हतार हतार त्यहाँबट निस्कीएका थिए ।आन्दोलनरत वकिलहरु र युवाहरुबीच मुक्का हानाहान्, ढुङ्गा हानाहान् र ठेला-ठेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0