NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

सलमान आउनु अघि नै बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्

सलमान आउनु अघि नै बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्

मिति २०७८/१२/१०
काठमाण्डौ
बुधवार पर्यटनमन्त्री प्रेम आलेले सलमान खानसंग त्यसबारेमा कुराकानी पनि गरेका छन् । सलमानको कार्यक्रमलाई कसरी पर्यटनसंग जोड्न सकिन्छ भनेर उनले तयारीका लागि सलमानसंग कुराकानी गरेका छन् ।

तर सलमान आउनु अघि सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारीका लागि उनी नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् ।

सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेल इभेन्टसँग जोडिनु भएकाले सोहेल आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने ।

दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0