NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

सशस्त्र प्रहरीका डिआईजी अर्याल एआईजीमा बढुवा

सशस्त्र प्रहरीका डिआईजी अर्याल एआईजीमा बढुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका डिआईजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो ।यहि बैशाख ४ गते गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजी बढुवामा सिफारीस गर्ने निर्णय गरेको थियो ।
सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डीआईजीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएका थिए ।
डीआईजी अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालले बढुवाका लागि प्रमाणपत्र बुझाएपनि गृहले वरियताका आधारमा एक नम्बरमा रहेका अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0