गौरी नारायण ठाकुर
सप्तरी । सशस्त्र प्रहरी बलका सईको संरक्षणमा अबैध वेस्या वृति धन्धा भइरहेको खुल्न आएको छ ।
एकिकृत भन्सार जाँच चौकि भित्र रहेको सशस्त्र प्रहरी बलको विओपी आइसिपीमा कार्यरत सशस्त्र प्रहरी बलका सई प्रकाश सिंह ठकुरीको संरक्षणमा नेपालकै प्रमुख भन्सारको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकिको गेट अगाडि अबैध रुपमा वेस्या वृति धन्धा संचालनमा रहेको खुल्न आएको हो ।
पटक पटक एकिकृत भन्सार जाँच चौकि र भन्सार कार्यालयले सई ठकुरीलाई गेट बाहिर वेस्या वृति भईरहेको गुनासो आएकोले यस्तो कृयाकलाप बन्द गर्न कडा निर्देशन दिएपनि, सई ठकुरीले बन्द गराईसकेको र अहिले यसतो कार्य गेट वाहिर संचालनमा नरहेको जानकारी गराएका थिए तर एकासि आज एक गाडिका चालक र अबैध धन्धा गर्दै आएका केहि महिलाहरु विच झडप भएपछि यस्ता अबैध वेस्या वृति को धन्धा सई ठकुरीको संरक्षणमा संचालन रहको खुल्न आएको जनाइएको छ ।