NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

सशस्त्र प्रहरीद्वारा २० किलो चरेश सहित तीन पक्राउ

सशस्त्र प्रहरीद्वारा २० किलो चरेश सहित तीन पक्राउ

कलैया । सशस्त्र प्रहरी बलले भारत तर्फ लैजादै गरेको अवस्थामा २० किलो चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । १२ नम्बर गण मातहतको बिअाेपी बेनाैलीबाट खटिएको टाेलीले चेकजाँच गर्ने क्रममा बाराको पचराैता नगरपालिका ७ बनाैलीबाट उक्त चरेश बरामद गरेको हो ।

गणपति राजेन्द्र थापाका अनुसार चरेश सहित पक्राउ पर्नेहरूमा पर्सा बिरगंज महानगरपालिका नगवा बस्ने मुकेश श्रीवास्तव , मुस्तफा देवान र बारा गढीमाइ नगरपालिका बस्ने अटोचालक मुस्ताज देवान रहेका छन् ।गणपति थापाका अनुसार चरेश सहित पक्राउ परेकाहरूलाई आवश्यक कार्वाहीकाे लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0