काठमाण्डौ | सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा जेठ २२ गते विश्व वातावरण दिवशको अवसर पारेर विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा उल्लेखित विरुवा रोपीएको हो ।
यसैगरी विश्व वातावरण दिवशकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाहरुमा १३ हजार ९ सय ८९ वटा फलफूल लगायत विभिन्न
विरुवाहरु रोपिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी मातहतका युनिटले ३ हजार १ सय २१ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ३ हजार ६ सय ७९ वटा, नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ९ सय १९ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्याले कास्कीले, ७ सय ४० वटा, नम्बर ५ विन्ध्यवासीनी बाहिनी मुख्यालय रुपन्देहीले ३ हजार ६ सय ३४ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ४ सय ३६ वटा,
नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ५ सय ५७ वटा तथा नम्बर ९
पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौले १ सय ५० वटा बोटविरुवा रोपिएको छ ।
त्यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले १ सय ५० वटा, नेपाल एपीएफ अस्पतालले ८५ वटा, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराले ५० र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले १७ वटा बोटविरुवा रोपेको हो ।
सशस्त्र प्रहरी बल नेपालद्वारा वृक्षारोपण कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1