NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

साढे ४ किलो गाँजासहित काभ्रेका अभी तामाङ पक्राउ

साढे ४ किलो गाँजासहित काभ्रेका अभी तामाङ पक्राउ

काठमाडौं ।
भक्तपुरमा प्रहरीले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।पाठकका अनुसार बिहीबार राति मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा तामाङलाई सोधपुछ तथा चेक गर्दा ४ किलो ५२० ग्राम फेला परेको हो ।उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0