NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

सिके राउत दलका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी

सिके राउत दलका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी

 

कार्तिक ५ गते

जनकपुरधाम :  खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाईकालोमसो र अर्धनग्न गरेर नगर बजार घुमाउने जनमत पार्टीका १७ जना नेताकार्यकर्तालाई प्रहरीले कारबाहीका लागि नियन्त्रणमा राखेका छन् ।

दिउँसो प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना तथा प्रदर्शन गर्ने क्रममा साँझ पुनः ५२ जना जनमतका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका ६२ जना मध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले राति साढे ८ बजे छाडेको जनाएको छ । तर, उनीहरु बाँकी सहकर्मीलाई समेत रिहाइका माग गर्दै अहिले पनि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

१७ जनामाथि कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेताकार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले भोलि शुक्रबार वृहत संख्यामा जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने घोषणा गरेको छ ।

जनमत पार्टीका नेताकार्यकर्ताले बिहीबार साँझ जनकपुरमा मसाल जुलुस समेत प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0