NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

सिरहाका सिडिओ कार्यालयको सरकारी पेजबाट पार्टीको विज्ञप्ती पोष्ट, सिडिओ कवारीले मागे माफी

सिरहाका सिडिओ कार्यालयको सरकारी पेजबाट पार्टीको विज्ञप्ती पोष्ट, सिडिओ कवारीले मागे माफी

पुष १४ गते सिरहा : जनमत पार्टीले आन्दोलन गरिरहेको विषयमा प्रहरी प्रशासनलाई चुनौती दिँदै सिराहाका ६ राजनीतिक दलले निकालेको संयुक्त प्रेस विज्ञप्ती जिल्ला प्रशासन कार्यालय सिराहाको आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक हुँदा आलोचना भएको छ ।

औरही गाउँपालिकाको विवादमा प्रहरीले पक्राउ गरेका व्यक्तिलाई रिहाई गर्न भन्दै राजनीतिक दलहरुले निकालेको विज्ञप्तिमा हेलो जिल्ला प्रशासन सिरहा नामक फेसबुक पेजबाट ५ बजेर ४ मिनेटमा सार्वजनिक गरिएको थियो ।

प्रशासन कार्यालयले आफ्नै विरुद्ध राजनीतिक दलहरुले निकालेको विज्ञप्ती सार्वजनिक गरेपछि घटनामा प्रशासनकै संलग्नता हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको आलोचना भइरहेको छ ।

विज्ञप्तीमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा लगायतका ६ दलले पक्राउ परेका किसान र जनमतका कार्यकर्तालाई रिहा गर्न चेतावनी दिएको थियो ।विज्ञप्तीमा भनिएको छ – पक्राउ परेकाहरुलाई रिहा नभए सृजना हुने परिस्थितिको जिम्मेवारी प्रशासनले लिनुपर्छ ।

प्रजिअ कवारीले गल्तिले राजनीतिक दलको विज्ञप्ती सामाजिक सञ्जालमा सेयर भएको बताए । उनले भने – मिस्टेकले आधिकारिक पेजमा सार्वजनिक हुन गएको राजनीतिक दलको विज्ञप्ती हटाइसक्यौं । गल्ती भएकै हो । त्यसका लागि सरी है ।’

औरही गाउँपालिकाले किसानको लागि किनेको गहुँको बीउ वितरण नगरी लामो समय गोदाममा राखेको भन्दै केही दिनअघि स्थानीय किसानहरूले कब्जामा लिएका थिए ।

तर गाउँपालिकाले गहुँको बीउ लुटेको भन्दै चार जनामाथि मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएकामध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिको रिहाईको लागि गएको चार दिनदेखि जनमत पार्टीले सिरहामा चक्काजामको आह्वान गर्दा जिल्लाको परिस्थिति असामान्य बनेको छ । किसानहरूको समर्थनमा जनमत पार्टीले बन्द आव्हान गरेको र बन्दमा सर्वसाधाणको सवारी तोडफोड, आगजनीदेखि प्रहरीसँग पटक पटक झडप भएको थियो ।

आन्दोलनको प्रभाव पर्न नदिन जिल्ला प्रशासनले आज र भोलीका लागि निषेधाज्ञा समेत जारी गरेको थियो । यद्दपी आन्दोलनको प्रभाव परेपछि प्रशासन बाध्य भएर पक्राउ परेका किसान मिथिलेश यादव र जनमतका १८ कार्यकर्तालाई रिहा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कवारीले ६ राजनीतिक दल र सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा भएको सहमती अनुसार उनीहरुलाई रिहा गरेको बताएका छन् ।

उनले निषेधाज्ञा फिर्ता लिएको सूचना समेत जारी गरेका छन् । जनमत पार्टीले भने अहिलेसम्म आन्दोलन फिर्ता लिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0