मंसिर ६ सिरहा
सिरहाको गोलबजारमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । हत्याको विरोधमा उत्रेका गोलबजार नगरपालिका ६ का बासिन्दा र प्रहरीबीच झडप भएको हो ।
राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा आन्दोलनकारीसँग झडप भएपछि दुई जना घाईते भएको बुझिएको छ । प्रहरीलाई भने आन्दोलनकारीले लखेटेर ईलाका प्रहरी कार्यालय पसाएका छन् । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा समेत गरेपछि अवस्था अहिले पनि तनावग्रस्त छ । अहिले राजमार्ग आन्दोलनकारीको कब्जामा छ ।
शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ बर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । छुरा प्रहारबाटै उनकै साथी निकेश सदाय गम्भीर घाईते छन् । उक्त घटनाको विरोधमा आईतवार राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले २४ घण्टाभित्र अपराधीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएको थियो । तर पक्राउ नगरेको भन्दै आज विहानैदेखि राजमार्ग पुनः अवरुद्ध पारेका छन् ।
राजमार्ग अवरुद्धका कारण हजारौं सवारी साधन अलपत्र परेको छ । आन्दोलनकारीले नै सुरक्षाकर्मीलाई लखेटेर भगाएपछि प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ