NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

सिरहामा बस र टिपर एकआपसमा ठोक्किँदा ३१ जना घाइते

सिरहामा बस र टिपर एकआपसमा ठोक्किँदा ३१ जना घाइते

 

बैशाख ८ गते ।
जनकपुरधाम : सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना. ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आइरहेको को. १ ख ५४३४ नम्बरको टिपर एकापसमा ठोक्किएको हो ।

घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा घाइते सवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए । उनीहरुको स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ । पश्चिमबाट आईरहेको टिफरले अर्को गाडीलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0