NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

सिरहामा ब्राउन सुगरसहित तीन जना युवक पक्राउ

सिरहामा ब्राउन सुगरसहित तीन जना युवक पक्राउ

सिरहा ।
सिरहा प्रहरीले ६२ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेका छन्। प्रहरीले सिरहा नगरपालिका ७ ट्राफिक चौकबाट सिरहा २० का १९ वर्षीय सत्यनारायण कारकसहित तीन जनालाई उक्त सामाग्री सहित पक्राउ गरेका हुन्।

स. १० प ६१७७ नम्बरको मोटरसाइकलमा सिरहाबाट चोहर्वातर्फ गईरहेकाबेला चेकजाँचको क्रममा कारकले बोकेको झालाबाट उक्त परिमाणमा ब्राउन सुगरसहित मोटरसाइकल चालक सिरहा ८ का विकेक ठाकुर र सँगैरहेका सिरहा ७ का मनिश यादवलाई नियन्त्रणका लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0