NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

सिरहाको लहानबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना पक्राउ

सिरहाको लहानबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना पक्राउ

महेश महतो सिरहा

लहान । प्रहरीले सिरहाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ का ३२ वर्षीय निरञ्जन यादव रहेका छन्।

लहान नगरपालिका-१९ कटहाबाट उनलाई शुक्रबार राति साढे ११ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीले बताए।

यादव स५प ७७५५ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट फेनरागन १००० एम्पुल, डाइजिपाम ४८७ एम्पुल, ब्युप्रिनोरुफिन ४४८ एम्पुल बरामद भएको मैनालीले जानकारी दिए।

यादवलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0