NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

सिरहा : बन्दिपुर क्षेत्रका व्यापारी तथा स्थानियहरु बैंक नहुंदा घण्टौं लगाएर मिर्चैया जान बाध्य

सिरहा :  बन्दिपुर क्षेत्रका व्यापारी तथा स्थानियहरु बैंक नहुंदा घण्टौं लगाएर मिर्चैया जान बाध्य

फाल्गुन १० गते ।
जनकपुरधाम : सिरहा जिल्लाको कमलावारी रहेको बन्दिपुर राम्रो अवस्थाको बजार हुंदापनि बैंकको अभाव छ । त्यस्ले गर्दा बन्दिपुर क्षेत्रका व्यापारी तथा स्थानियहरु घण्टौ लाएर मिर्चैया जान बाध्य छन् । बन्दिपुर पूर्व पश्चिम राजमार्गमै पर्छ । त्यहाँ सेनाको क्याम्प र प्रहरीको समेत थाना रहेको छ । यस्बाट पनि त्यहाँ बैंक संचालनमा आए सुरक्षा हुन सक्ने स्पष्ट छ । बन्दिपुर कर्जन्हा नगरपालिकामा पर्छ । त्यहाँ करीब १० हजार बढी घरधुरी छन् । तिनीहरुलाई बैंकको काम पर्दा ११ किलोमिटर टाढा रहेको मिर्चैया धाउनुपर्छ । मिर्चैया धाउनुपर्दा पनि कतिपय काम गराउन अर्को दिन जाुपर्ने बाध्यता छ । हुनत बन्दिपुरमा केही रेमिटान्सहरु,दुईवटा लघुबित्त कार्यालय अनि सहकारीहरु छन् । तर त्यहाँबाट बैंकको जस्तो सुविधा लिन पाइदैन । तिनीहरुले पनि पैसो ल्याउनु परें मिर्चैयामा रहेका बैंकमै धाउनुपर्ने बाध्यता छ । रेमिटान्समा विदेशबाट आफन्तले पठाएका रु. १ लाख भन्दा कम मात्र पाउन सकिन्छ त्यो पनि केही ढिलो रुपमा । बैंकको सुविधा हुन सके आफुहरुलाई सहज हुने स्थानियहरु,काशी घिमिरे, केशव घिमिरे, मन्दिरा घिमिरे, रेविन्द्रलाल कर्ण,कोपिला दाहाल, लालबाबु साह, रेणु खत्री लगायतको भनाई रहेको छ । उनीहरुले बन्दिपुर बजार पुरानो हुंदापनि बैंकहरुको शाखा संचालनमा आउन नसक्नुु दुखद रहेको बताए । हुनत बन्दिपुरका केही व्यक्तिहरु बैंककै संचालक समितिमा छन् भने केही उच्च पदमा बिराजमान छन् । तरपनि बन्दिपुरको विकास तर्पm उनीहरुको ध्यान केन्द्रित नहुंदा बन्दिपुरको विकास समयसापेक्ष हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0