NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

सिराहाको लक्ष्मीपुर पतारी पालिकाबाहेेक १६ वटैले ल्याए बजेट नीति तथा कार्यक्रम मिर्चैया नगरसभा विवादमा

सिराहाको लक्ष्मीपुर पतारी पालिकाबाहेेक १६ वटैले ल्याए बजेट नीति तथा कार्यक्रम मिर्चैया नगरसभा विवादमा

विसुनदेव सरदार,
लहान/ १० असार ।

सिराहा जिल्लाको १७ पालिकामध्ये लक्ष्मीपुर पतारी गाउँपालिका बाहेक १६ वटा पालिकाले अगाडि पछाडि गरि आआफ्नो बजेट नीति तथा कार्यक्रम ल्याएको छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा २/३ दिनपछि गरिने गाउँसभा गरिने बताइएको छ । भगवानपुर गाउँपालिकाको १० औं गाउँ अधिवेशनबाट जम्मा ४० करोड ६३ लाख ४६ हजार बजेट अनुमोदन गरिएको छ । जसमा, समाजिक सुरक्षा अनुदान , सडक बोर्ड समेत गरि विनियोजन गरिनेछ ।

यो सँगै सिराहाको भौगोलिक दृष्टिकोणले सबैभन्दा ठुलो नगरपालिका लहान नगरपालिकालाई लिन सकिन्छ ।

– लहान नगरपालिकाले १२ औं नगरसभा सम्पन्न गरेको छ ।

– नवराजपुर गाउँपालिकाले १३ औं गाउँसभा सम्पन्न गरेको छ ।

– बरियारपट्टी गाउँपालिका ८ औं गाउँसभा सम्पन्न गरेको छ ।

– सखुवान्नकारकट्टी गाउँपालिका १२ गाउँसभा सम्पन्न गरेको छ ।
– बिष्णुपुर गाउँपालिका ९ औं गाउँसभा अधिवेशन गरेको छ ।
– औरही गाउँपालिका ९ औं गाउँसभा सम्पन्न गरेको छ ।

– धनगडीमाई नगरपालिका १० औं नगरसभा सम्पन्न गरेको छ ।

– कल्याणपुर नगरपालिका ८ औं नगरसभा सम्पन्न गरेको छ ।

– नरहा गाउँपालिका आठौं ८ औं गाउँसभा सम्पन्न गरेको छ।

– कर्जन्हा नगरपालिका ११ औं नगरसभा सम्पन्न गरेको छ।

– अर्नमा गाउँपालिका दोस्रो गाउँसभा, जुन सिराहा जिल्लामै पहिलो गाउँ परिषद् पास गर्ने पालिका हो ।

– मिर्चैया नगरपालिकाको ११ नगरसभा सम्पन्न मेयर श्रवण यादवले गरेता, पनि कार्यपालिकाका जनप्रतिनिधिहरुद्वारा दोहोरो नगरसभा गरि नगरसभा बिथोल्नेमा लागेको मेयर श्रवण यादव बताउँछन्।

– गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका , लगायत भगवानपुर गाउँपालिकाको आज नीति बजेट तथा कार्यक्रम ल्याई प्रस्तुतिकरण गरिएको छ ।

सिराहाको मिर्चैया नगरपालिकाको नगरसभा विवादमा परेको छ। त्यस कारण अलगअलग होटेलमा दुई ठाउँमा नगरसभाको आयोजना गरिएको थियोे ।

मिर्चैया नगर प्रमुख -श्रवण यादवले मिर्चैयास्थित होटेल होलिडे एण्ड पार्टी प्यालेसमा ११औँ नगरसभा भइरहेको छ।
यता वडा नम्बर १२ का वडाध्यक्ष मनेलाल यादवको नेतृत्वमा होटेल रामजानकीमा पनि नगरसभा भइरहेको छ। होटेल रामजनकीमा भइरहेको नगरसभालाई ‘११औँ नगरसभाको प्रथम समानान्तर नगरसभा’ भनेर उद्घाटन गरिएको थियोे ।

मेयर यादवको नेतृत्वको नगरसभामा सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सहभागि भएका थियो । नगरसभामा २९ कार्यपालिका सदस्य मात्र सहभागी थियोे । यता समानान्तर नगरसभामा ३४ कार्यपालिका सदस्य सहभागी थियोे । जम्मा ६५ कार्यपालिका सदस्यमध्ये एकजना तटस्थ बसेका थियोे , भने एकजनाको मृत्यु भइसकेको छ।

नगरसभा पास गर्नका लागि मेयर यादवलाई बहुमत (३३ जना) सदस्यको हस्ताक्षर चाहिन्छ। तर, नगरसभामा २९ जना मात्रै उपस्थित भएकाले नगरसभाबाट बजेट पास हुने अवस्था छैन।

मेयरले नगरपालिकामा हैकम चलाएको, सबै बजेट आफैँले चलाएर चरम भ्रष्टाचार गरेको, आफ्नो गलत काममा साथ नदिने जनप्रतिनिधिलाई दुश्मनको भावनाले हेरेको वडा नम्बर ७ का वडाध्यक्ष रामदियाल ठाकुरको आरोप छ।

आयव्यय सार्वजनिक गर्नुपर्ने, बजेट बाँडफाँटमा समानता हुनुपर्ने, बजेट जनमुखी हुनुपर्ने, मेयरले अबन्डा रकम राख्न नपाउने, मिर्चैयामा आन्दोलनरत नागरिकको समस्या सम्बोधन हुनुपर्ने, विपक्षीसँग मित्रवत व्यवहार हुनुपर्नेलगायतका माग आफूहरूको रहेको समानान्तर नगरसभाका अध्यक्ष ठाकुरले बताएका छन् ।

यता, सिराहाको अर्नमा गाउँपालिकाले असार १ गते शुक्रवारका दिन आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरको छ ।

सिराहाको १७ पालिकामध्ये सिराहामा यस चालू आ. व. मा पहिलो पल्ट गाउँसभा गर्ने पालिका अर्नमा गाउँपालिका हो ।

“शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता” , समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिवद्धता” नाराका साथ अर्नमा गाउँपालिकाले दोस्रो गाउँ सम्पन्न गरेको छ।

अर्नमा गाउँपालिका पछिल्लो समयमा जनतामुखी कामकाज गरेर सिरहा जिल्ला मै नमुना पालिका बन्न पुगेका छन् ।

पालिकाले जारी गरेको तथ्यांक अनुसार कार्य सम्पादन मूल्याकंनमा सिरहाकै पहिलो र मधेश प्रदेशका चौथो हुन सफल अर्नमा गाउँपालिका हुन् ।

गाउँपालिकाको समग्र विकास गर्न तथा “शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता, समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिबद्धता “” नाराका साथ पालिकाले आज आफ्नो नीति तथा कार्यक्रममा समावेश हुने गरी गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले प्रस्तुत सार्वजनिक गरेको छ ।

यो सँगै सिरहा नगरपालिकाले ७ औं नगरसभाबाट अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै ७ करोड ५९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगर उपप्रमुख बबिता कुमारी साहले प्रस्तुत गर्दै बजेटमा शिक्षा , स्वास्थ , सडक , कृषि , सिचाँई, खानेपानी , संरचना लगायतका योजनाहरु विशेष ध्यान दिएको बताईन् ।

सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवका अनुसार – केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती पछि सिराहा नगरपालिकाले अगामी आर्थिकवर्षको बजेट घटेको बताए ।

यता, भ्रष्टाचार र अनियमितता लिन् रहेका लहान नगरपालिकाले समेत आ. व. २०८०/०८१ को नीति तथा कार्यक्रममा पुर्वाधार एवंम शहरी विकास , शिक्षा युवा तथा खेलकुद, कृषि तथा सिचाईँ , पशु विकास सेवा , प्रधानमन्त्री रोजगार कार्यक्रम , खानेपानी सरसफाइ तथा स्वच्छता , सुचना संचार तथा प्रविधि , भु-उपयोग र नगर विकास जस्ता विषयमा नचाहिदो बजेट छुट्याउने छ ।

नगर प्रमुख महेश प्रसाद चौधरीको साल बढी बितिसक्दा समेत लहानमा विकासको अत्तोपत्तो छैन । जनप्रतिनिधि खाऊ धन्दामा लीन् छन् । निकायले लहानमा भइरहेको अनियमितता बारे अख्तियारी हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0