NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

सिराहा: लक्ष्मीपुर पतारीमा आश्वासन अनुसार विकासनिर्माण भएन किसानको अवस्था चिन्ताजनक

सिराहा: लक्ष्मीपुर पतारीमा आश्वासन अनुसार विकासनिर्माण भएन किसानको अवस्था चिन्ताजनक

विष्णुदेव सरदार / लहान, ३० असोज ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर हरिनगर र पिप्रा प्र.ध. का जग्गाहरु डुवानमा पर्दा किसानहरुको अवस्था यतिबेला चिन्ताजनक देखिएको छ।

पछिल्लो समय आकाशे पानीको समुचित व्यवस्थापन नहुँदा पिप्रा प्र. ध. र महेशपुरका जग्गाहरु डुवान थियोे ।

पिप्रा प्रधको ढेङ्गरणीमाई थान अगाडिको शैयौँ बिगहा डुवानमा रहँदा यतिबेला किसानहरुमा खेतीप्रति निराशा छाएको छ। पुर्वपश्चिम राजमार्ग र लक्ष्मीपुर पतारी गाउँपालिका जोड्ने मुख्य सडकको छेउछाउका खेतीयोग्य जग्गाहरु डुबानको अवस्थामा देखिएको थियोे ।

लक्ष्मीपुर पतारी गाउँपालिकाले समयमा ठोस योजना निर्माण नगरिदा विकास निर्माण कार्यमा पछि परेको स्थानीयहरुले जनगुनासो गरेको छ।

महेशपुर हरिनगरका दिनेश यादव भन्छन्- खेतमा महिनौंको पानीले गर्दा धान कालो बनेर सुकियो । अकाशे पानीको निकाश भएन, सडक छेउछाउमा अगाडि निजी पोखरीहरु छन । खेतको पानी कहाँ निकाश गर्ने । हामी किसानको समस्या छौं । खेतीपातीमा लाखौंको लगानी गरे, तर निकायको कर्तुतले सबै मिहिनेत पानीपानी भएको बताउँछन् । पालिकाको करोडौं रकम वर्षेनी फ्रीज हुन्छ । तर, आश्वासन अनुसारको विकास निर्माण कार्य गर्न सकेको छैन ।

गाउँकार्यपालिका कार्यालयले सडक सुधार गरि नालाको व्यवस्था नगरेपछि यस्तो दु:ख सास्ती र समस्या झेल्नुपरेको किसानहरु बताउँछन् ।

वहाँहरु भन्नुहुन्छ – बिना भिजनको जनप्रतिनिधि जितेका कारणले गर्दा किसानहरू अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ।

सिराहा जिल्लाको स्थानीयतह सरकार गाउँपालिका मध्येमा सबैभन्दा सबैभन्दा बढी बजेट ल्याउँछ । तर, विकासको नाममा पुरै भ्रष्ट देखिएको छ।

जनप्रतिनिधिहरुलाई चुनाव जितेको २ वर्ष पुग्न लाग्दा विकासको काम शुन्यमा देखिएको छ।

महेशपुरका तबिक राम भन्छन् – समयमा पानी नपर्दा किसान धान रोप्न पछि परे, धान रोपाईँ समाप्ति पश्चयात खेतको पानी निकाल्ने कुनै बिकल्प नभएपछि पिप्रा र महेशपुर हरिनगरका किसानहरुको लगानी पानी जस्तै बनेको किसानहरु बताउँछन् ।

महेशपुरका केदारनाथ यादवका अनुसार त्यतिबेला, अकाशे पानी पर्नु भन्दा पहिला रोपाइँ गरेको खेतमा कतैकतै धान छन् । तर, वर्षा पश्चात् रोपेका धानहरु गलेर पानी बनेको बताउँछन् ।

यो सँगै वहाँ भन्नुहुन्छ – यो सबै कामकाज अर्थात सडक सुधार, नाला निर्माण गाउँपालिका कार्यालयको हो । तर, जनप्रतिनिधि र कर्मचारीको अनियमितता र भ्रष्ट कर्तुतले किसानको लगानी मुआब्जा पानीमा गएको छ।

यता, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरका अनुसार ढल, नालाको समस्या अहिलेको समस्यामात्र नभई पुरानै समस्या हो । आउने दिनेमा गाउँपालिकाले नालारहित सडक निर्माण गर्ने बताउँनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0