अषाढ २०, काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दलका उपमहासचिव प्रदिप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले सिसिटिभी फुटेज डिलिट गरेर ठूलै आर्थिक चलखेल गरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री शर्माले चलखेल गरेको आरोप लगाए।
बजेट बनाउने बेलामा अनाधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसिटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उनले बताए। वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनाधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो। यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो, उनले भने ‘यो ढंगको अपराधमा संलग्नहरू अविलम्ब उनीहरूमाथि छानबिन भएर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।
सिसिटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरे: प्रदीप ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1