NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

सीके लाल लेख्छन्- राजनीतिमा बालेन शाह एवं रवि लामिछानेको चहकिलो प्रवेशबाट उत्साहित जमातलाई नेपालको ‘पीएलयू’ अर्थात् हामीजस्ता मान्छे (हाजमा) प्रवर्ग भनेर व्याख्या गरे फरक पर्दैन ।

सीके लाल लेख्छन्- राजनीतिमा बालेन शाह एवं रवि लामिछानेको चहकिलो प्रवेशबाट उत्साहित जमातलाई नेपालको ‘पीएलयू’ अर्थात् हामीजस्ता मान्छे (हाजमा) प्रवर्ग भनेर व्याख्या गरे फरक पर्दैन ।

खड्गप्रसाद शर्मा ओली अक्सर हल्का, कहिलेकाहीँ अपकारक एवं अनवरत रूपमा तिक्त सुनिने घोचपेचका लागि कुख्यात छन् । प्रधानमन्त्री भएकै बेला उनले ‘राइनो’ र ‘माउन्ट एभरेस्ट’ जस्ता स्थापित शब्दावलीको साटो अंग्रेजीमा समेत गैंडा र सगरमाथा भनिनुपर्ने अमिल्दो उर्दी जारी गरेका थिए । सुन्नेहरूले हाँसोमा उडाइदिए ।
शीर्षक वा स्तम्भ खोज्नुहोस
कान्तिपुर अभिलेखालय
शीर्षक
गृहपृष्ठ
समाचार
अर्थ / वाणिज्य
विचार
खेलकुद
उपत्यका
कोसेली
[अरु]
इ-पत्रिका
आजको इ-पत्रिका
Language
English
Set language to English (Except News)
नेपाली
सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस्
सेटिंग
अक्षरको प्रकार:ककक
Kantipur Daily
लगइन
संकलित समाचार र थप सूचना प्राप्त गर्नुहोस्

कान्तिपुर नेटवर्क
लगइन
फेसबुकबाट लगइन
अथवा
ई-मेल
पासवर्ड
पासवर्ड बिर्सनुभयो ?
लगइन
तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् ।
कान्तिपुर नेटवर्कसँग किन आवद्ध हुने ?
१४ मंसिर २०७९ बुधबारWednesday, November 30, 2022

विचार
हामीजस्ता मान्छेहरूको उमंग !
1.6K
SHARES
संग्रह

मंसिर १४, २०७९सीके लाल
राजनीतिमा बालेन शाह एवं रवि लामिछानेको चहकिलो प्रवेशबाट उत्साहित जमातलाई नेपालको ‘पीएलयू’ अर्थात् हामीजस्ता मान्छे (हाजमा) प्रवर्ग भनेर व्याख्या गरे फरक पर्दैन ।
खस–आर्य समुदायका नृजातीय सर्वेसर्वा खड्गप्रसाद शर्मा ओली अक्सर हल्का, कहिलेकाहीँ अपकारक एवं अनवरत रूपमा तिक्त सुनिने घोचपेचका लागि कुख्यात छन् । प्रधानमन्त्री भएकै बेला उनले ‘राइनो’ र ‘माउन्ट एभरेस्ट’ जस्ता स्थापित शब्दावलीको साटो अंग्रेजीमा समेत गैंडा र सगरमाथा भनिनुपर्ने अमिल्दो उर्दी जारी गरेका थिए । सुन्नेहरूले हाँसोमा उडाइदिए ।

कोभिड–१९ महाव्याधिको प्रकोप उत्कर्षमा हुँदा सरकारप्रमुखको हैसियतमा उनले ठाडो ठट्टा गरे, ‘कोरोनाभाइरस भनेको एउटा रुघाखोकीजस्तो हो । लागिहाल्यो भने हाच्छ्युँ साच्छ्युँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ ।’ उनले भ्रान्ति फैलाउँदै अझ कतिसम्म भन्न भ्याएका थिए भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याँकस्याँक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट,’ अनि त्यसपछि, ‘नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिऊँ, बेसरी गार्गल गरिदिऊँ घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरि धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’ आलो घाउमा नुनचुक दलेको जस्तो उनको अम्लीय उक्ति सुन्नेहरूले सहजै बिर्सन सक्नेछैनन् । नेपालको सबभन्दा संगठित दलको सर्वोच्च नेता रहिरहनुमा सर्वेसर्वा शर्मा ओलीको नृजातीय ऐक्यबद्धता, जातीय सामाजिकता एवं राजनीतिक असहिष्णुताको ठूलो भूमिका रहने गरेको छ । विडम्बना के हो भने उनी जति ओछो कुरा गर्छन्, उनका राजनीतिक अनुचर त्यति नै धेरै जोडले ताली बजाउँछन् । पत्रकारहरूले मसला भेट्टाउँछन् ।
मधेशीहरूलाई होच्याउन सर्वेसर्वा शर्मा ओलीले सन् २०१५ तिर ‘मानव साङ्लो’ प्रदर्शनलाई ‘माखे साङ्लो’ भनेका थिए । उनका नृजातीय महिमामण्डकहरू भाषाको व्याख्यासहित प्रतिरक्षामा उत्रिए । जनजातिलाई चिढाउन उनले ‘माकाः फुई’ उखान प्रयोग गरे । खस–आर्य एवं केही नेवाः समुदायका तागधारी एवं ‘जनैजाति राष्ट्रवादीहरू’ दुई बित्ता उफ्रेर थपडी बजाए । आफ्ना प्रतिस्पर्धी एवं सहयात्री पार्टीलाई पनि उनी बाँकी राख्दैनन् । नेपाली कांग्रेसका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवा सर्वेसर्वा शर्मा ओलीका सबभन्दा प्रभावशाली हितचिन्तकहरूमध्ये पर्दछन् । डेक्चीले कित्लीलाई ‘तँ कति कालो’ भने जस्तै नेकालाई उनको पार्टीले ‘सत्तास्वार्थ, भ्रष्टता र राष्ट्रियताका प्रश्नमा अविश्वसनीय शक्ति’ भनेर परिभाषित गरेको छ । पूर्वपञ्चहरूको मञ्च राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिगामी धारका नेता लोकेन्द्रबहादुर चन्दलाई काँधमा बोक्ने देखि लिएर हिन्दुत्ववादी नेता कमल थापा एवं राजावादी राजनीतिकर्मी राजेन्द्र लिङ्देनसँग कुम जोड्नसम्म नहच्किने एमालेको नजरमा ‘राजनीतिक अवसरवादी’ भने माओवादीहरू हुन् । खस–आर्य अग्राधिकारको नृजातीय एवं संकीर्ण राष्ट्रवाद एमालेले उचाल्छ, ‘बाह्य शक्तिको आडभरोसामा जातीय–क्षेत्रीय अतिवादी नारा तथा सामाजिक विद्वेष र घृणामाथि आधारित’ राजनीति गरेको दोष भने मधेश–आश्रित दलहरूलाई लगाउँछ । यस पटकको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको मतभारले भने सर्वेसर्वा शर्मा ओलीलाई समेत विचलित तुल्याएको जस्तो छ ।

निर्वाचन परिणाम घोषित भइनसक्दै उनले रवि लामिछानेले राजनीतिक मोर्चामा गरेको भड्किलो प्रवेशलाई ‘मामुली कुरा’ भन्दै खारेज गर्ने प्रयत्न गरेका छन् । झापामा पत्रकारहरूलाई उनले भनेका रहेछन्, ‘उदय भनेर जे प्रचार, जे प्रोपोगान्डा गरियो, त्यो वास्तवमा तपाईंहरू (सञ्चारमाध्यम) को कृपा हो’ र थपे, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको बौद्धिक जगत्ले । ‘के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहाहुहुमा देश त चल्दैन ।’ उनको अभिव्यक्तिमा डरसँगसँगै अनुनयभाव पनि प्रस्ट पढ्न सकिन्छ । रवि लामिछानेको चुनावी मचानले राजनीतिक दलको स्वरूप ग्रहण गरिनसकेको कुरा यथार्थ हो । राष्ट्रिय दलको मान्यता पाउनु प्राविधिक उपलब्धि हो, जुनकुरा कानुनले तोकिदिएको सीमाबद्धता नाघेपछि स्वतः प्राप्त हुन्छ । तर स्पष्ट विचारधारा, निर्दिष्ट गन्तव्य, निर्देशक नीति, ठोस कार्यक्रम, नियमित संगठन, उत्प्रेरित कार्यकर्ता एवं समर्पित नेतृत्वबेगरको दल जति नै ठूलो भए पनि अधिनायकवाद, प्रियतावाद वा वैदेशिक हस्तक्षेपजस्ता अनपेक्षित संकटहरूको प्रहार खेप्नुको साटो तिनको औजार बन्न बेर लाग्दैन । त्यस अर्थमा सर्वेसर्वा ओलीको आकलन सर्वथा सही हो । उनको डर भने वक्तव्यको दोस्रो भागमा झल्किन्छ । ‘हाहाहुहुमा देश’ चल्नुपर्छ भन्ने मान्यतालाई मलजल गर्ने देशको सहरिया ‘सेतो कमिज’ जमातमाथि बडो ठूलो मिहिनेत गरेर सर्वेसर्वा शर्मा ओलीले एमालेको एकाधिकार कायम गरेका थिए । यस निर्वाचनमा लामिछानेको राजनीतिक मचानले नेकालाई बढी हानि पुर्‍याएको देखिन्छ । तर रास्वपाले सेँध भने एमालेको राजनीतिक कमाइ थुपारेको गोदाममा पनि बनाएको छ । त्यो कुरा ‘हामीजस्ता मान्छेहरू’ भन्न सकिने प्रभावशाली व्यक्तिहरूको उत्साहमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0