NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न के- के कागजपत्र चाहिँन्छ ?

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न के- के कागजपत्र चाहिँन्छ ?

 

बैशाख ५ गते ।
काठमाडौं : आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशभरि हुन लागेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ ।

राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा होम्मिसकेका छन् । तर आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के(के कागजात आवश्यक पर्छ रु निर्वाचन आयोगले यसबारे जानकारी दिएको छ ।

आयोगका अनुसार वडाअध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चार चिजको आवश्कता पर्ने उल्लेख गरेको छ । आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद चाहिन्छ ।

यस्तै दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारीको स्वघोषणा आवश्यक पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0