NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

श्रेया ठाकुर
माघ ०८ काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । पूर्वनिर्धारित समय अनुसार सर्वदलिय बैठक आज बिहन ९ बजे बस्नेछ ।
बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित हुने या नहुने भन्नेबारे टुंगो लागेको छैन। यसअघिको सर्वदलिय बैठकमा भने एमालेले उपस्थिती जनाएको थिएन ।

शुक्रबार सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बसेको थियो । उक्त बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।
उता स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने बताइएको छ ।
यसअघि सत्ता गठबन्धनमा कानुन अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0