NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

स्वास्थ्य सतर्कता अपनाएर विवाह पञ्चमीमा सहभागी हुन मुख्यमन्त्री राउतको अपिल

स्वास्थ्य सतर्कता अपनाएर विवाह पञ्चमीमा सहभागी हुन मुख्यमन्त्री राउतको अपिल

 

मंसिर २१ गते ।
जनकपुरधाम :  कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाएर विवाह पञ्चमी महोत्सवमा सहभागी हुन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले श्रद्धालुसँग अपिल गरेका छन् ।

मुख्यमन्त्री राउतले विवाह पञ्चमीको अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुसँग अपिल गरेका हुन् । उनले त्रेता युगमा माता सीता र भगवान श्रीराम को विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाह पञ्चमी महोत्सवको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

यसवर्ष मंसीर २२ गते विवाह पञ्चमी परेको छ । सो दिन प्रदेशभर सार्वजनिक विदा दिएको पनि मुख्यमन्त्री राउतद्धारा जारी सन्देशमा उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकाले भने तीन दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

विवाह पञ्चमीमा नेपाल र भारतबाट लाखौं श्रद्धालु सहभागी हुन्छन् । अहिले जनकपुरधाममा श्रद्धालु आउनेक्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0