NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

हरिवन तनावग्रस्त, माओवादीका उम्मेदवारलाई खुवाए मिलाएर विष

हरिवन तनावग्रस्त, माओवादीका उम्मेदवारलाई खुवाए मिलाएर विष

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्ष सहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ ।
आइतबार दिउँसो घरदैलो क्रममा वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई विष शेवन गराइएको आक्षेप माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले लगाउनुभएको छ ।वडा अध्यक्ष इस्तिहारको अवस्था गम्भीर रहेको बताइएको छ ।
उहाँलाई उपचारका लागि हरिवनस्थित स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ । अन्य घाइतेको हरिवनमै उपचार चलिरहेको छ । अहिले माओवादीका कार्यकर्ताले प्रदर्शन गर्दा सर्लाहीको हरिवन बजार तनावग्रस्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0