काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी सम्भावना रहेको बताएका छन् । देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने उनले बताए ।
स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना उनले देशको बागडोर हाम्रो हातमा आउँछ बताउनु भएको छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।
अध्यक्ष प्रचण्डले सम्भावनालाई यथार्थमा बदल्न पार्टी पंक्तिमा निकै मेहनत चाहिने पनि दाहालले बताए । सम्भावनालाई रियालिटीमा बदल्न हामी सबैले मेहनत गर्नुपर्नेछ । हामी सबैले आउने ६-८ महिना दु:ख गरेर संगठन बनाएर जनताको घर-घरमा टोलटोलमा पुगेर एक-एक मान्छेको हिसाब राखेर आईटीको प्रयोग गरेर प्रचार संगठन निर्माण र सुदृढीकरणमा ध्यान दिनुपर्छ उनले बताएका छन् ।
हाम्रो लक्ष्य अब वामपन्थीमा पहिलो दल : प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1