NSW News

२ श्रावण २०८१, बुधबार
ENGLISH

१ हजार थान पेस्तोल सहितका ८० करोड भन्दा बढीको हतिया खरिद गदै नेपाल प्रहरी

१ हजार थान पेस्तोल सहितका ८० करोड भन्दा बढीको हतिया खरिद गदै नेपाल प्रहरी

गौरी नारायण ठाकुर
काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानिय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।

हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले इटलियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सटगन १ हजार १५० थान, रबर गोली १० लाख थान र ५ लाख थान पेस्तोलको गोली खरिद गर्न लागेको छ ।

सुरक्षा सामरिक तथा प्रतिरक्षा कार्यविधि–०७५ अनुसार आर्थिक वर्षको सुरुमा सूचीकरण भएका फर्मले मात्रै हतियार खरिदको ठेक्का पाउँछन् । भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद गर्न लागिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । उनले भने–‘भिड नियन्त्रणमा चाहिने सामग्री ५ वर्ष देखी खरिद गरिएको छैन ।’

प्रहरीले अहिले किन्न लागेको सटगन, अश्रुग्याँस सेल र रबर बुलेट भिड नियन्त्रणमा प्रयोग गरिन्छ । सटगन रबर बुलेट हान्न प्रयोग गरिन्छ । स्थानिय तह निर्वाचनमा प्रहरीले नेपाली सेनासँग ८ सय पेस्तोल ‘सापटी’ लिएको थियो । गस्तीमा जाँदा र हरेक चौकीका कमाण्डरका लागि पेस्तोल अभाव भएपछि १ हजार थान बेरेटा किन्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0