NSW News

३ असार २०८१, आईतवार
ENGLISH

२२ एस पि काे सरुवा

२२ एस पि काे सरुवा

मंसिर ६ गते
काठमाडौं । नेपाल प्रहरीले २२ एसपीको सरुवा गरेको छ । शनिबार राति निकालिएको एसपीको सरुवामा जिल्ला इन्चार्ज पाउनेहरुमा रमेश बस्नेत पर्सा, सुरेन्द्रबहादुर गुरुङ मकवानपुर, राकेश सिंह धादिङ छन् । त्यसैगरी, जिल्ला इन्चार्ज पाउनेहरुमा राजीवबहादुर बस्नेत स्याङ्जा, राजेन्द्रबाबु रेग्मी तनहुँ, रामप्रकाश शाह नुवाकोट, अविनारायण काफ्ले सप्तरीमा सरुवा भएका छन् ।
धनुषाका बसन्त रजौरे र सर्लाहीका कृष्ण प्रसाईको यसअघि काजसरुवा भएकोमा दरबन्दी कायम गरिएको छ । त्यसैगरी एसपीहरु भुवनेश्वर तिवारी, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेत, टीकाबहादुर केसी कोहलपुर सशस्त्र प्रहरी गण, अनुरागकुमार द्विवेदी सशस्त्र प्रहरी गण धनगढीमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0