NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

३० महिनामा सक्नुपर्ने काम साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै

३० महिनामा सक्नुपर्ने काम साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै

महेन्द्रनगर- कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ। कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण सुरु भएको थियो। निर्माणाधीन योजनाअन्तर्गतको दोस्रो र तेस्रो चरण९प्याकेज०को काम अझै सकिएको छैन।

हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कुल ६२ किलोमिटर सडकमध्ये २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए। “पहिलो प्याकेज सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम अझै बाँकी छ”, उनले भने, “बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो प्याकेजको २० किलोमिटरमा साढे नौ किलोमिटर मात्रै कालोपत्र भएको छ।”

इन्जिनियर सुनारले कार्यालयबाट दोस्रो प्याकेजको ठेक्का बदर गर्ने चरणमा पुगिसकेको बताए। “उक्त प्याकेजको लागत रू ४१ करोड ४१ लाख छ”, उनले भने, “त्यसमा ५० प्रतिशतमात्रै काम निर्माण कम्पनी बाबा हंस–सिद्धीसाई जेभीले गरेको छ।” उनले पाँचौँपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेको बताए।

हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो। पहिलो प्याकेजअन्र्गत डोकेबजारबाट बेलौरीसम्मको २० किलोमिटर सडक निर्माणका लागि शर्मा–राजेन्द्र जेभी कम्पनीले रू ३६ करोड ४७ लाखमा सम्झौता गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0