NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

३६ किलो गाँजासहित एक जना पक्राउ

३६ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा जहदा-२ का २५ वर्षीय मुकेश गुरुङलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए ।गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0