माघ २२ महोत्तरी ।
इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ ।
चेकजाँचका क्रममा काठमाडौंबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आएको बोलेरोमा ८६ किलो गाजा शुक्रबार साझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।बर्दिवास-३ स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा बा१२च ३९५५ नम्बरको बोलेरोको पछाडीको हुटमा लुकाएर ल्याएको उक्त गाजासहित बोलेरो चालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो साखा बिरगन्जबाट खटिएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो ।बोलेरोसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।बोलेरोको हुडमा कालो प्लाष्टिकले छोपेर ल्याएको आठ पोका गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । डिजिटल तराजुले तौलिँदा उक्त गाजा ८६ केजी ३६५ ग्राम रहेको प्रहरीको भनाइ छ ।
८६ किलाे गाजासहित बोलेरो चालक नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1