NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

नेपालामा टिकटक बन्द गर्न संघर्ष समिति सप्तरीले बुझाए ज्ञापनपत्र

नेपालामा टिकटक बन्द गर्न संघर्ष समिति सप्तरीले बुझाए ज्ञापनपत्र

चन्दन रजक राजबिराज , भदौ १४ गते । नेपालमा फैलिएको टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन गर्न आज सप्तरीमा पनि ज्ञापन पत्र बुझाईएको छ । मधेस प्रदेशको महोत्तरी,धनुषा ,रौतहट ,सिरहा र सप्तरी लगायत जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमललाई ज्ञापन पत्र बुझाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता (डिएसपी) अभि नारायण कप्ले लाई टिकटक बैन सँघर्ष समिति सप्तरीले ज्ञापन पत्र बुझाइएको हो । उनीहरुले सिडियो र डिएसपीलाई टिकटक एप बैन गर्न ध्यानाकर्षण गराएको हो । टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै बैन गर्न टिकटोक बन्द संघर्ष समिति सप्तरीका जिल्ला संयोजक सचितानन्द यादवले बताए ।

भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बैन गरिदिएको औल्याउँदै अभियन्ता अजय दासले बताए । टिकटकबाट हाम्रो देशको शिक्षा, स्वास्थ्य तथा आर्थिक र हाम्रो देशका भविष्य युवाहरूलाई शिक्षाबाट समेत बन्चित हुदै गरेको देखिन्छ यसका साथै स्वास्थ्यमा मानसिक रुपले पनि ठुलो नै प्रभाव पार्ने गरेको सह-संयोजक चन्दन नायकले बताए । जापान जस्तो प्रविधि प्रधान देशमा टिकटोक बैन गरिएको छ । नेपालमा टिकटकमा यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढन थालेपछि टिकटक बन्द सँघर्ष समितिले ज्ञापन पत्र बुझाउन थालेको छ । केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ । उक्त अभियानमा युवाहरुको सहभागीता दिन प्रति दिन बढिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0