NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

नेपालामा टिकटक बन्द गर्न संघर्ष समिति सप्तरीले बुझाए ज्ञापनपत्र

चन्दन रजक राजबिराज , भदौ १४ गते । नेपालमा फैलिएको टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन गर्न आज सप्तरीमा पनि ज्ञापन पत्र बुझाईएको छ । मधेस प्रदेशको महोत्तरी,धनुषा ,रौतहट ,सिरहा र सप्तरी लगायत जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमललाई ज्ञापन पत्र बुझाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता (डिएसपी) अभि नारायण कप्ले लाई टिकटक बैन सँघर्ष समिति सप्तरीले ज्ञापन पत्र बुझाइएको हो । उनीहरुले सिडियो र डिएसपीलाई टिकटक एप बैन गर्न ध्यानाकर्षण गराएको हो । टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै बैन गर्न टिकटोक बन्द
भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बैन गरिदिएको औल्याउँदै अभियन्ता अजय दासले बताए । टिकटकबाट हाम्रो देशको शिक्षा, स्वास्थ्य तथा आर्थिक र हाम्रो देशका भविष्य युवाहरूलाई शिक्षाबाट समेत बन्चित हुदै गरेको देखिन्छ यसका साथै स्वास्थ्यमा मानसिक रुपले पनि ठुलो नै प्रभाव पार्ने गरेको सह-संयोजक चन्दन नायकले बताए । जापान जस्तो प्रविधि प्रधान देशमा टिकटोक बैन गरिएको छ । नेपालमा टिकटकमा यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढन थालेपछि टिकटक बन्द सँघर्ष समितिले ज्ञापन पत्र बुझाउन थालेको छ । केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ । उक्त अभियानमा युवाहरुको सहभागीता दिन प्रति दिन बढिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0