NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

मधेशी समुदाय लक्षित अपमानित भिडियो बारे छानबिन गरी कारवाही गर्न मधेशी आयोग द्वारा गृहलाई पत्राचार:

मधेशी समुदाय लक्षित अपमानित भिडियो बारे छानबिन गरी कारवाही गर्न मधेशी आयोग द्वारा गृहलाई पत्राचार:

काठ्माण्डौ।
विगत केही दिन देखी सामाजिक संजालमा भाइरल काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र साह सहित मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियो प्रति मधेशी आयोगले कारवाहीको प्रक्रिया अगाडी बढाएको छ | मधेशी समुदायका अगुवाहरुले आयोगमा सो उजुरी दिएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारवाही गर्नको लागि गृह मन्त्रालयल र नेपाल प्रहरीलाई पत्राचार गरेको छ |

काठमाण्डौ महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरुले मेयर बालेन शाह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको बताएका छन् | अध्यक्ष डा.दत्तले समाजमा चेतनाको स्तर अझै पनि नबढेको ले गर्दा मधेशी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराहरुको सामना गर्नु परिरहेको बताएका छन् |

अध्यक्ष डा.दत्तले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरुले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरु प्रति आफु सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताएका छन् | अध्यक्ष डा.दत्तले समुदाय प्रति प्रहार नगर्न सबैलाई अनुरोध समेत गरेका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0