
सिराहाको लक्ष्मीपुर पतारीसहित अधिकाँश पालिकामा जनप्रतिनिधि कर्मचारी विहीन
विसुनदेव सरदार/ लहान ७ मंसिर ।
स्थानीय पालिकाहरुमा निजामती कर्मचारी र जनप्रतिनिधिको मनमौजी एश आरामको जताततै लहरै देख्न सकिन्छ ।
कर्मचारीतन्त्र र जनप्रतिनिधितन्त्र नेपालीका लागि एउटा ठुलो समस्याको रुपमा देख्न सकिन्छ ।
"उनीहरू" समयमा कार्यालय आउदैन् सर्वसाधारणको फोन उठाउदैन् सेवाग्राहीलाई अनेकन बाहानामा दु:ख दिने गरेका छन् ।
प्रशँग - सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा बुधबार दिउँसो महेशपुर हरिनगरका दिनेश यादव पुग्दा जनप्रतिनिधि तथा कर्मचारीको अत्तोपत्तो थिएन् ।
गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर बाहिर , उपाध्यक्ष अमरकला यादव बाहिर , प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंह , आर्थिक प्रशासन शाखाका लेखापाल भरतकुमार दाससहितको कोठामा बाहिरको बोर्ड देखिएको थियो ।
सेवाग्राही दिनेश यादवका अनुसार 'म' लगायत दर्जनौं सेवाग्राही यताउता भौतारिएको अवस्थामा देखिएको थियोे ।
...