
सिराहा: लक्ष्मीपुर पतारीमा आश्वासन अनुसार विकासनिर्माण भएन किसानको अवस्था चिन्ताजनक
विष्णुदेव सरदार / लहान, ३० असोज ।
सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर हरिनगर र पिप्रा प्र.ध. का जग्गाहरु डुवानमा पर्दा किसानहरुको अवस्था यतिबेला चिन्ताजनक देखिएको छ।
पछिल्लो समय आकाशे पानीको समुचित व्यवस्थापन नहुँदा पिप्रा प्र. ध. र महेशपुरका जग्गाहरु डुवान थियोे ।
पिप्रा प्रधको ढेङ्गरणीमाई थान अगाडिको शैयौँ बिगहा डुवानमा रहँदा यतिबेला किसानहरुमा खेतीप्रति निराशा छाएको छ। पुर्वपश्चिम राजमार्ग र लक्ष्मीपुर पतारी गाउँपालिका जोड्ने मुख्य सडकको छेउछाउका खेतीयोग्य जग्गाहरु डुबानको अवस्थामा देखिएको थियोे ।
लक्ष्मीपुर पतारी गाउँपालिकाले समयमा ठोस योजना निर्माण नगरिदा विकास निर्माण कार्यमा पछि परेको स्थानीयहरुले जनगुनासो गरेको छ।
महेशपुर हरिनगरका दिनेश यादव भन्छन्- खेतमा महिनौंको पानीले गर्दा धान कालो बनेर सुकियो । अकाशे पानीको निकाश भएन, सडक छेउछा...