NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

मौसम

पहाडी भू-भागमा चट्याङसहित वर्षाको, तराईमा हावा-हुरीको सम्भावना

पहाडी भू-भागमा चट्याङसहित वर्षाको, तराईमा हावा-हुरीको सम्भावना

मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।...
रेल्वे प्रतिस्थापन विधेयक २०७९ राष्ट्रिय सभामा फास्ट ट्रयाकबाट पारित

रेल्वे प्रतिस्थापन विधेयक २०७९ राष्ट्रिय सभामा फास्ट ट्रयाकबाट पारित

देश, प्रदेश २, मधेश प्रदेश, मौसम, वागमती, विद्यार्थी, समाज
काठमाडौँ — रेल्वे प्रतिस्थापन विधेयक २०७९, शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । उक्त विधेयक गत असार ३ गते राष्ट्रिय सभामा दर्ता भई दफावार छलफलका क्रममा थियो । संसद् सुरु भएको दिनबाट ६० दिनभित्र अध्यादेशलाई स्वीकार गर्ने/नगर्ने निर्णय गरी सक्नुपर्ने भएकाले यसलाई फास्ट ट्रयाकबाट टुंग्याइएको हो । संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार ६० दिन पुग्न लागेको र सम्बन्धित मन्त्रीले चासो राखेको हुनाले अनौपचारिक छलफल गरी यसलाई फास्ट ट्रयाकबाट टुंग्याइएको हो । अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधिसभामा पठाइने छ, त्यसपछि सैद्धान्तिक छलफल हुनेछ,’ सूचना अधिकारी धमलाले भने, ‘त्यसपछि समिति वा सभामा दफावार छलफल गरी त्यसपछि पारित गर्ने प्रक्रिया सुरु हुने छ ।’ प्रतिनिधिसभाले पारित गरेपछि त्यसको सन्देश फेरि राष्ट्रिय सभामा पठाइनेछ ।यसपछि राष्ट्रिय सभाका अध्यक्षले यसलाई प्रम...
सप्तरीको कञ्चनरुप नगरपालिकाले शितलहरलाई मध्यनजर गर्दै ठाउँ ठाउँमा दाउरा र न्यानो लुगा गरे वितरण

सप्तरीको कञ्चनरुप नगरपालिकाले शितलहरलाई मध्यनजर गर्दै ठाउँ ठाउँमा दाउरा र न्यानो लुगा गरे वितरण

देश, मजदुर, मौसम, विद्यार्थी, समाचार, स्वास्थ्य
पुष २५ , उत्तम आचार्य कन्चनरुप सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिकाले शितलहरलाई मध्यनजर गर्दै सार्वजनिक ठाउँमा दाउरा तथा विद्यालयका बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको छ । शितलहरको जोखिमबाट नागरिकलाई जोगाउनका लागि नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १२ को सार्वजनिक ठाउँ तथा चोकमा आगो बालेर न्यानो बनाउनका लागि दाउरा वितरण गरिएको नगरपालिकाका प्रवक्ता राजकुमार साहले बताउनु भयो । नगरपालिकाले वडा नम्बर १, २, ५, ११ र १२ मा दाउरा वितरण गरिएको र अरु वडामा पनि चाँडै दाउरा वितरण गरिने साहले जानकारी गराउनुभयो । त्यसैगरी नगर प्रमुख बसन्त कुमार मिश्रको नेतृत्वमा गएको टोलीले विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत बालवालिकाहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण गर्न थालिएको शिक्ष्ष शाखाका संयोजक ललितनारायण यादवले बताउनुभयो । वडा नम्बर ५ को दुई विद्यालयको बालविकास क...
जाडोमा कसरीबच्ने ? यी उपाय अपनाउनुहोस!!!

जाडोमा कसरीबच्ने ? यी उपाय अपनाउनुहोस!!!

देश, प्रदेश २, मौसम, लेख-बिचार, स्वास्थ्य
पुष १४ गते डा. कमाेद ठाकुर (निराला)बिरगंज : जाडोलाई लक्ष्य गरी सस्तादेखि महँगा सबै किसिमका कपडा आउन थालेका छन् । त्यस्तै हिटर, वाटरब्याग, एसीलगायत सामानको पनि व्यापार पनि उकालो लागेको छ । जाडो लाग्दै छ । यो समयमा मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ । प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ । जाडोलाई लक्ष्य गरी सस्तादेखि महँगा सबै किसिमका कपडा आउन थालेका छन् । त्यस्तै हिटर, वाटरब्याग, एसीलगायत सामानको पनि व्यापार पनि उकालो लागेको छ । सामान्य फुटपाथदेखि सपिङ मलसम्म जाडो मौसममा लगाउने कपडा र प्रयोग गर्ने इलेक्ट्रिक सामानको व्यापार बढ्दै छ । यस्तो अवस्थामा कपडाले मात्र केही गर्दैन, चिसोबाट बच्ने अन्य उपाय पनि अपनाउ...
अविरल वर्षाको कारण ३१ जनाको ज्यान गयो, १७ जना अझै बेपत्ता

अविरल वर्षाको कारण ३१ जनाको ज्यान गयो, १७ जना अझै बेपत्ता

देश, मौसम, समाचार
कार्तिक ३ गते दुईदिनदेखिको अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी देशभर अहिलेसम्म ३१ जनाको ज्यान गएको छ । अन्य १७ जना बेपत्ता भएका छन् भने ४३ जना घाइते भएका छन् । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा परी ४३ जना घाइते भएका छन् भने ४०० परिवार विस्थपित भएका छन्। बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको विपद् महाशाखाले जनाएको छ। मनसुन हटिसकेको अवस्थामा भइरहेको अस्वाभाविक वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । ...
भारी वर्षा जारी रहन्छ , सतर्कता अपनाउन २४ घण्टे चेतावनी जारी

भारी वर्षा जारी रहन्छ , सतर्कता अपनाउन २४ घण्टे चेतावनी जारी

देश, मौसम
जनकपुरधामकार्तिक २ गते आज ९मंगलबार० बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी लगायतका अधिकांश स्थानमा पनि वर्षा जारी छ । बुलेटिनअनुसार भोलि बुधबारसम्म देशभर वर्षा जारी रहने अनुमान छ, साथै कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । चेतावनी सूचनामा भनिएको छ( प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उ...