
निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन
काठमाडाैँ ।
निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन परेको छ ।
हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएका हुन् ।
बोर्डमा यस्तो आवेदन दिने आइतबार अन्तिम दिन हो। बोर्डले चैत ३१ गते दस दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको थियो ।
हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योति समूहका शौरभ ज्योति, रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।
नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी...