
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा : नेपाल राष्ट्र बैंक
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी गरिरहँदा अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्र बैंकमाथि सार्वजनिक रुपमै दबाब बढाइरहेका छन् । आफूले दिएका सुझाव समटेर मौद्रिक नीति आउने प्रतिक्षामा रहेको बताएर उनले राष्ट्र बैंकलाई सार्वजनिक मञ्चबाटै झकझकाइरहेका छन् ।
‘अहिले खुकुलो मौद्रिक नीति जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्व (गभर्नर) लाई भनेको छु,’ राजस्व नीति तर्जुमाबारे विराटनगरमा कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले भनेका छन्, ‘ उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’ महतले यसअघि पनि पटक–पटक मौद्रिक नीतिका व्यवस्थामा सुधार आवश्यक रहेको बताउँदै आएका छन् ।
यही बेला राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग मौद्रिक नीति समी...