NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

स्वास्थ्य

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने, १०० नर्सलाई बेलायत पठाउन माग्यो आवेदन

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने, १०० नर्सलाई बेलायत पठाउन माग्यो आवेदन

ताजा समाचार, देश, स्वास्थ्य
काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु...
बालबालिकालाई गर्मीमा देखिने संक्रमणबाट कसरी जोगाउने ?डा.कमोद ठाकुर

बालबालिकालाई गर्मीमा देखिने संक्रमणबाट कसरी जोगाउने ?डा.कमोद ठाकुर

स्वास्थ्य
चितवन /पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । गर्मी बढेसँगै देशका विभिन्न स्थानीय तहहरुले गर्मीले बालबालिकामा पर्न जाने असरलाई ध्यानमा राख्दै केही दिनको लागि विद्यालय बिदा दिइएको छ । मौसम परिवर्तन, धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले गर्मी मौसममा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखा पर्दछ । अन्य मानिसको तुलनामा बालबालिकालाई गर्मीले बढी सताउने गर्छ । गर्मीयाममा तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँ–धुलो बढ्दै जान्छ । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्न मन पराउँछन् । जसका कारण बालबालिकामा विभिन्न संक्रमण हुने सम्भावना बढेर जान्छ । यो समयमा बालबालिकामा ज्वरो घटबढ भइरहने, झाडापखाला, घमौरा, ठेउलो लगायत भाइरल ज्वरो जस्ता समस्या बालबालिकामा देखा पर्दछ । नियमित खानपानसँगै धुलोधुवाबाट जोगिएमा यस्ता समस्याबाट बालबालिकालाई जोगाउन सकिन्छ । यि हुन् बाल...
माइग्रेन भनेको के हो ? कारण,लक्षण र रोकथामका उपायहरू:डा.कमोद निराला

माइग्रेन भनेको के हो ? कारण,लक्षण र रोकथामका उपायहरू:डा.कमोद निराला

देश, समाचार, स्वास्थ्य
माइग्रेन भनेको के हो ? माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो  रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन  जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषहरुको दाँजोमा यो रोग  महिलाहरुमा बढी देखा पर्दछ । माइग्रेन बाल्यवस्था वा युवावस्थादेखि  नै सुरु हुनसक्छ । माइग्रेनका कारणहरु:- हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रत्तफ्नली र  मस्तिष्क वरिपरिका नसाहरु सुन्निन थाल्दछन् । अन्य कारणहरु:- बढी मानसिक चिन्ता लिनाले चिया र कपि...
डेंगी रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं : डा.कमोद निराला

डेंगी रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं : डा.कमोद निराला

प्रदेश २, मधेश प्रदेश, समाचार, स्वास्थ्य
डेंगीका मूख्य लक्षण, उपचार र बच्ने उपायहरू: डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ डेंगीका मूख्य लक्षणहरू उच्च ज्वरो आउन जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु आँखाको गेडी दुख्नु बेस्सरी टाउको दुख्नु शरीरमा राता बिमिराहरू आउनु वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगीबाट बच्ने उपायहरू: एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने । घरको झ्य...
अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा :स्कारपियो सहित तीन भारतीय पक्राउ

अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा :स्कारपियो सहित तीन भारतीय पक्राउ

प्रदेश २, मधेश प्रदेश, समाचार, स्वास्थ्य
जनकपुरधाम । भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ । जनकपुरधाम उपमहानगरपालिका-९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको बस्नेतले बताए । ती सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अन्य अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।...
स्वास्थ्य मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग देखियो : योगेश भट्टराई

स्वास्थ्य मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग देखियो : योगेश भट्टराई

राजनीति, वागमती, समाचार, स्वास्थ्य
काठमाडौँ — नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग भएको जनाएको छ । शुक्रबार नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयमा आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर भएको बताएका हुन् । वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले गम्भीर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भट्टराईको आरोप छ । यस सवालमा अख्तियार तथा महालेखा परीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनले बताएका छन् ।...
यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न २१ सांसदको संशोधन प्रस्ताव

यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न २१ सांसदको संशोधन प्रस्ताव

ताजा समाचार, देश, राजनीति, वागमती, विद्यार्थी, समाचार, स्वास्थ्य
सरकारले ल्याएको यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधन गरेर बलात्कारको हदम्याद हटाउन भन्दै सांसदहरूले प्रस्ताव दर्ता गरेका छन्। नेपाली कांग्रेसका गगन थापा, विमला नेपाली, प्रमिला राई, मिनाक्षी झा, सरवत आरा खानम लगायत १३ सांसदले बलात्कारमा हदम्याद हटाउनुपर्ने संशोधन प्रस्ताव गरेका छन् । नेकपा एमालेका विन्दा पाण्डे, विमला विश्वकर्मा, विना श्रेष्ठलगायत ८ सांसदले यस्तो प्रस्ताव गरेका हुन्। जेठ १६ मा कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले उक्त विधेयक पेश गरेका थिए। बलात्कारसम्बन्धी हदम्याद हटाउने गरी विधेयक ल्याउने तयारी गरेको भन्दै आएका मन्त्री शर्माले विधेयकमा भने हदम्याद संशोधन गर्ने प्रस्ताव ल्याएका थिएनन्। कानुन मन्त्री मात्रै होइन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बलात्कारको उजुरी दिने हदम्याद हटाउने तयारी सरकारले गरेको बताएका थिए। तर सरकारले यस्तो प्रस्ताव ल्य...
सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ

प्रदेश २, समाचार, समाज, स्वास्थ्य
सिरहा । लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् । सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ। त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई पक्राउ गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् । 11 4 Shares Like   Comment Share ...
पहिलो पटक सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा

पहिलो पटक सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा

गण्डकी प्रदेश, देश, विद्यार्थी, समाचार, स्वास्थ्य
तनहुँ, । तनहुँको एक सामुदायिक विद्यालयले जिल्लामै पहिलो पटक नर्सिङ सुविधा प्रदान गरेको छ । नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले सुविधा प्रदान गरेको हो । विद्यालयले विएससी नर्सिङ उतिर्ण सुनिता जोशी मार्फत नर्सिङ सुविधा प्रदान गरेको छ । प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरु धेरै भएकोले विद्यार्थीहरु विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन जिल्लामै पहिलो पटक नर्स राखिएको विद्यालयय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । विद्यालय नर्सले सेवा दिने÷परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको अध्यक्ष काफ्लेले बताउनुभयो । ‘दुई हजार ७०० विद्यार्थी अध्ययन गर्ने भएकोले विरामी भईरहेकाले नर्सको अभा...
गण्डकी मेडिकल कलेजमा  १ अर्ब सात करोड ६० लाख  रुपैयाँको कारोबार

गण्डकी मेडिकल कलेजमा १ अर्ब सात करोड ६० लाख रुपैयाँको कारोबार

लुम्बिनी प्रदेश, विद्यार्थी, समाचार, स्वास्थ्य
काठमाडौं । कास्कीको गण्डकी मेडिकल कलेजले सन् २०२१ मा एक अर्ब सात करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। मेडिकल कलेजसँगै गण्डकीले ५५० शय्याको अस्पताल संचालन गरिरहेको छ।कोरोना महामारीको प्रभाव कायमै रहँदा पनि गण्डकीले ११ प्रतिशतले व्यापार वृद्धि गर्न सफल भएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। ११ प्रतिशतको कारोबार वृद्धिमा अस्पतालको आम्दानीको हिस्सा २६ प्रतिशत रहेको बताइएको छ । शैक्षिक सत्र २०२०/२१ को भर्ना ढिलो हुँदा ब्याचबाट हुने आम्दानी भने सात प्रतिशतले घटेको इक्राले जनाएको छ । प्रति बिरामी मेट्रिक्स बढ्दा अस्पतालको आम्दानी बढेको बताइएको छ। २०२१ मा समग्र बिरामीको संख्या भने घटेको छ। २०२२ को नौ महिनामा ओपीडी बिरामीको संख्या २३ प्रतिशतले बढेको इक्राले जनाएको छ। त्रिभुवन विश्वविद्याल इन्टिच्युट अफ मेडिसिन (आइओएम) बाट चिकित्सा शिक्षा अध्यापनको सम्बन्धन पाएको गण्डकी मेडिकल कलेजल...