
सोनी एक्सपेरिया १ भी एक्सपेरिया स्मार्टफोन मे ११ मा लन्च हुने
काठमाडौं ।
सोनीले आगामी मे ११ मा आफ्नो अर्को एक्सपेरिया स्मार्टफोन घोषणा गर्ने तयारी गरिरहेको छ। कम्पनीले मे महिनाको दोस्रो बिहीबार जापानको स्थानिय समय अनुसार दिउँसो १ बजे (४एएम यूटीसी) सुरु हुने कार्यक्रमको लागि एउटा टिजर भिडियो पोस्ट गरेको छ।
साथै सोनीको युट्युब च्यानलले लन्च कार्यक्रमको लागि लाइभस्ट्रिम होस्ट गर्ने र यस कार्यक्रमको लागि पहिले नै आफ्नो स्थान आरक्षित गर्न सकिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
लामो समय प्रतीक्षमा रहेको एक्सपेरिया १ भी अब आउने आशा गरिएको गत महिनाहरूमा र उक्त नयाँ फोनको बारेमा दुर्लभ संख्यामा लीकहरु उपलब्ध भएका थिए। साथै एक्सपेरिया १ लाइनअपमा अघिल्लो मोडेलहरूसँग मिल्दोजुल्दो एक परिचित डिजाइनको आशा गर्न सकिने बताइएको छ।
यस नयाँ फोनलाई क्वालकम स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरी लन्च गरिने अनुमान छ। साथै सोनी एक्सपेरिया १ भी उक्त एसओसी लाई बोस्ट ग...