
शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन
काठमाडौं ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ
वैशाख ९ गते लिएको सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको हो । उक्त परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी थिए ।
जसमा १३ हजार ९३९ जनाले मात्रै सामान्य परीक्षा पास गर्न सकेका छन् । जुन २०.७४ प्रतिशत हुन आउँछ । परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाबाट देखिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट ८ हजार ८६९ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६८४ जनाले मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका छन् ।
लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशबाट...